नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र रुपन्देही २ मा तनाव सृजना भएको छ । मतदान पश्चात् सैनामैना नगरपालिकाबाट ल्याइएको एउटा बाकस र अर्को बाकसमा ३४ वटा मत पत्र बढी भेटिएपछि तनाव सृजना भएको हो ।
सैनामैना नगरपालिकाबाट आएको एउटा बाकस फुटेको थियो । उक्त बाकसलाई कपडाले बाँधेर सहमतिमा राखिएको थियो । सो बाकस नभेटिएपछि बुटवलमा विवाद चर्किएको छ । साथै अर्को बाकसमा ३४ वटा मतपत्र बढी भेटिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
योसँगै बुटवल उपमहानगरको पुरानो भवनमा भइरहेको मतगणना रोकिएको छ। सो विवाद बारे निर्क्यौल निकाल्न सर्वदलीय बैठक बसिरहेको छ ।