logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाजुरामा उच्च सुरक्षाबीच पुनः मतदान सुरु


अंकुरण खबर
1.079K
Shares

मतदानका क्रममा भएको विवादका कारण मंसिर ४ मा स्थगित बाजुराको बुढीनन्दा नगरपालिका ५ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रमा उच्च सुरक्षाबीच मतदान सुरु भएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान केन्द्रमा विगतमा भएको विवाद र झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । पुनः मतदानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरूको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।