logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा एमाले र सुदूरपश्चिममा माओवादी शून्य


अंकुरण खबर
1.56K
Shares

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ। हालसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५० स्थानमा जित हात पारेर अग्रस्थानमा छ।

हालसम्म सार्वजनिक परिणाम अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभातर्फका क्षेत्रको सम्पूर्ण विवरण आइसकेको छ। कर्णालीमा एमाले शून्य देखिएको छ भने सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र शून्य छ।

सुदूरपश्चिमका सबै क्षेत्रको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ५ क्षेत्रमा जितेको छ। एकीकृत समाजवादीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र एमालेले २ क्षेत्रमा जित हासिल गरेका छन्। चुनावअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्तिले यहाँ एमालेभन्दा एक सिट बढी जितेको छ।

यस्तै कर्णालीमा कांग्रेसले ३ क्षेत्रमा जित हासिल गरेर अग्रस्थान कायम गरेको छ। माओवादी केन्द्रले २ स्थानमा जित्दा दुई स्थानमा भने अग्रता कायम गरेको छ।