logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलाम–१ बाट एमालेका बस्नेत निर्वाचित, खनाल पराजित


अंकुरण खबर
1.495K
Shares

इलाम क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार महेश बस्नेत निर्वाचित भएका छन् । उनी २५ हजार ६९९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले २३ हजार ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जितहारको औपचारिक घोषणा भने समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने बताइएको छ ।