logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोशनी-शरद मृत्युमा निर्दोष भन्ने थाहा पाएर पनि प्रहरीले तीन जनालाई राख्यो तीन साता हिरासतमा


अंकुरण खबर
2.262K
Shares

दाङका किशोर-किशोरी शरद आचार्य र रोशनी महताराको मृत्यु प्रकरणमा निर्दोष भएको थाहा पाउँदा-पाउँदै पनि प्रहरीले तीन जनालाई तीन सातासम्म हिरासतमा राखेको छ।

असोज ३० गते उनीहरूको शव फेला परेपछि घटनाको अनुसन्धानका क्रममा सुरूमा प्रहरीले हेटौंडाका टिपर चालक २४ वर्षीय सुवास थिङ, सल्यान कपुरकोटका २१ वर्षीय सहचालक सुशील पुन पक्राउ परे।

अनुसन्धानका क्रममा तुलसीपुर-१३ का चोपलाल योगी पनि पक्राउ परेका थिए। सुरूमा रोशनी र शरदको हत्या भएको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।पछि उनीहरूको हत्या नभई विद्युतीय धरापमा परेर मृत्यु भएको तथ्य खुलेपछि उनीहरू निर्दोष देखिएका थिए।

कात्तिक २० गते प्रहरीले पक्राउ परेका तीनै जना घटनामा संलग्न नरहेको उल्लेख गर्दै विद्युतीय धराप थाप्नेहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली  चारै जनाले सल्लाह गरेर शब फालेको तथ्य खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा लुकाएको प्रहरीले बताएको छ।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू बिरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ।

यी बाहेक अन्य सात जनालाई प्रहरीले (अन्य कसुर अन्तर्गत) मुद्दा चलाउने भएको छ। प्रहरी घटना अनुसन्धानका क्रममा पक्राउ परेका हेटौंडाका टिपर चालक र सल्यानका गाडी चालकलाई पनि सोही शीर्षकमा मुद्दा चलाउने भएको छ। यद्यपि उनीहरूको रोशनी र शरद मृत्यु प्रकरणमा कुनै संलग्नता नरहेको प्रहरीले स्पष्ट पारेको छ।

उनीहरूले घटना स्वीकार गरि प्रहरीलाई अलमल्याउने र दिगभ्रमित पार्ने काम गरेकाले मुद्दा चलाउन लागिएको एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव असोज ३० गते दिउँसो भेटिएको थियो।

उनीहरू घरबाट असोज २७ गते रातिदेखि बेपत्ता थिए। यी दुबै राति एक आपसलाई भेट्न निस्किएको समयमा विद्युतीय पासोमा परेका थिए।