कालिञ्चोक दर्शन लिमिटेडले मङ्सिर १४ गते बुधबारदेखि साधारण शेयर आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले निष्काशन गर्ने आईपीओमा मंसिर २८ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउने छन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने कम्पनीको तयारी छ ।