सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् ।
मंगलबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाए ।