logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरी–४ मा कांग्रेसका कार्की २७ मतले पछाडि


अंकुरण खबर
1.066K
Shares

सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ४ मा एमाले र कांग्रेस उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत​ले झिनो अग्रता लिएका छन् ।

उनी कांग्रेस उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीभन्दा २७ मतले अगाडि छन् । कुसियैत​ले २९ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार कार्कीले २९ हजार ९ सय ३९ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विध्यानन्द यादवले ३ हजार १ सय ६८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवनकुमार श्रेष्‍ठले ३ हजार १ सय २७ मत प्राप्त गरेका छन् ।