logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हराएको शाक्यमुनि बुद्धको मूर्तिको ४८ वर्षपछि प्रतिस्थापन


अंकुरण खबर
1.872K
Shares

बनेपा नगरपालिका–८ स्थित बहि टोलबाट हराएको अष्टधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्तिको ४८ वर्षपछि प्रतिस्थापन गरिएको छ ।
२०३१ सालमा बहि मन्दिरबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति भेटिएपछि बुधबार स्थानीय र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउामा प्रतिस्थापन गरिएको हो ।

४८ वर्षपछि भेटिएको मूर्तिलाई बाजागाजासहित बनेपा बजार परिक्रमा गरी प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार गुर्जुहरुले ९शाक्य समुदायको पुजारी० मन्दिरमा पूजापाठ गरेर उक्त मूर्ति प्रतिस्थापन गरिएको हो ।