logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछाने भन्छन् – हामी भुईँ मान्छेका मान्छेहरू हौँ, भुईँ छोड्ने कुरै आउँदैन


अंकुरण खबर
1.43K
Shares

चितवन- २ बाट भारी मतान्तरले विजयी भएका रवि लामिछानेले आफू निर्वाचित भएको दिनदेखि नै काममा लागेको बताएका थिए । अहिले उनी आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी समस्याको समाधानका लागि लागिरहेका छन् ।

खानेपानीको मुहानमा पुगेका रविले सामाजिक सञ्जालमा लेखेका छन् – ‘हो, विधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्न/गराउन फिल्डमा खट्नु पनि पर्छ।  हामी भुईँ मान्छेका मान्छेहरू हौ, भुईँ छोड्ने त कुरै आउँदैन नि। हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुवै तिर हुन्छौँ। हामी यस्तै छौँ ।’

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने चितवन- २ मा  ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।