नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका भुसालले कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताए ।
नेता भुसालले नेकपा माओवादी केन्द्रका कारण २०६४ पछि देशमा राजनीतिक अस्थिरताले निरन्तरता पाएको आरोप लगाउंदै यसपटक माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिपक्षमा बस्नु उपयुक्त हुने औंल्याए ।