logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डुबेर चितवनमा १६ वर्षीय युवकको मृत्यु


अंकुरण खबर
2.535K
Shares

चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डुबेर ज्यान गएको हो ।

प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेको जनाएको छ ।