logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विश्व कप फुटबल : फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै


अंकुरण खबर
2.288K
Shares

कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

आज साविक विजेता फ्रान्स र पोल्यान्ड  तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् ।

अल थुमामा मैदानमा हुने पहिलाे खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दाेस्राे खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्यान्ड समूह ‘सी’ को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण  पुगेको हो । इङ्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेकाे हाे । यी खेलबाट विजयी हुने टाेली क्वाटर फाइनलमा पुग्नेछन् ।

यसअघि गएराति भएकाे खेलमा विजयी भएका अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।