logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित


अंकुरण खबर
1.469K
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेहका हुन् ।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् । ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् ।