नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ ।
यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि घटनास्थल वरपरको क्षेत्र नेपाल प्रहरीले नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको जानकारी दिए ।