logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार गठनको पहिलो प्रयास गठबन्धनबाटै गरिने


अंकुरण खबर
1.17K
Shares

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने बताएका छन्।

माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महासचिव गुरुङले गठबन्धन यथावत रहेकाले सरकार गठनको प्रयास गठबन्धनबाटै थालिने बताएका हुन्।

 

महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ। गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नुपर्छ। भोलि गठबन्धनको आयोजना हुने भएको छ। गठबन्धनबाटै सरकार गठनको पहिलो प्रयास गरिने छ।’

गुरुङले भोलि (सोमबार) गठबन्धनको बैठक आयोजना हुने र गठबन्धनको चुनावी समीक्षा गरिने बताए।