logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीप लामिछाने प्रकरण- पीडित किशोरीले अदालतमा दिइन् बयान


अंकुरण खबर
2.314K
Shares

सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार सम्बन्ध मुद्दामा जाहेरीकर्ता किशोरीले आफूमाथि ‘जबरजस्ती करणी भरेको’ बयान दिएकी छिन्। पीडित किशोरीलाई सन्दीपको तर्फबाट प्रभावमा पारेर बयान फेराउने चालबाजी भएको आशंका भइरहँदा जाहेरीमै उल्लेख भएकै कुरा अदालतमा बकपत्र गरिएको हो।

उनले केही दिनअघि अदालतमा दिएको बकपत्रमा प्रहरी र सरकारी वकिललाई दिएको बयानकै कुरा उल्लेख रहेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले बताए।

 

माइती नेपालको संरक्षणमा रहेकी ती किशोरीले जाहेरीमा भएभन्दा कडा किसिमबाट सन्दीपविरुद्ध बयान दिएको ती अधिकारीले बताए । तिलगंगास्थित एक होलटमा लगेर रात बस्न बाध्य पारेको र राति लट्ठ्याएर दुई पटक बलात्कार गरेको उनले बकपत्रमा भनेकी छिन्। सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको र सन्दीपलेनै भेट्ने प्रस्ताव राखेर बोलाएको उनले बताएकी छिन्।