logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सत्ता गठबन्धनको बैठकअघि माधव नेपाल र प्रचण्डबीच भेटवार्ता


अंकुरण खबर
1.183K
Shares

चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

 

दुई नेताबीच खुमलटारमा भेट भएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।​ यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले पनि भेटवार्ता गरेका छन् । महासेठ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।