राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षको ज्यादती स्वीकार्य नहुने बताउनुभएको छ ।
आज साेमवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरेर भारतले अनधिकृत पक्की संरचना बनाएको भन्दै त्यसको विरोध गर्नुभएको हो । नदी बहाव फर्काउने कुराको विरोध गर्दा भारतीय पक्षबाट हानेको ढुङ्गा लागी बालबालिका घाइते हुँदा पनि सरकारले देखिने गरी केही नगरेको भन्दै उहाँले नेपाल सरकारको पनि विरोध गर्नुभएको छ ।