logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा बिहे भोज खाएर बिरामी हुने एक सय पुगे


अंकुरण खबर
1.833K
Shares

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना मानिस बिरामी भएका छन् । गत शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।

 

गाउँमा सबै घरमा तीनरचार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । भोज खाएर बिरामी भएकालाई उपचार गर्न गाउँपालिकाले चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ ।