logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडी, मोबाइल र मदिराको आयात फुकुवा


अंकुरण खबर
1.872K
Shares

सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

पुस महिनादेखि लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो। ‘अब पहिले प्रतिबन्ध लगाइएका सबै सामान आयत गर्न खुला गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भने।

विदेशी मुद्रा सञ्चिति जोगाउन भन्दै सरकारले विलासीका वस्तुहरूमा सूचीकृत गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात गर्न प्रतिबन्ध लगाइको थियो। गत वैशाखदेखि निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल आयातमा रोक लगाइएको थियो।

आयात प्रतिबन्धले मौद्रिक अवस्थालाई सुधारमा सहयोग पुर्‍याए पनि भन्सार राजस्वमा गम्भीर धक्का लागेकाले सरकार यो निर्णयमा पुगेको अर्थविज्ञ तर्क गर्छन्। राजस्वबाहेक गाडी र मोटरसाइकल छोडेर अन्य वस्तुको तस्करी मौलाउँदा प्रतिबन्धले सरकार अझै चुनौती थपिदिएको थियो। प्रतिबन्धले समस्या थपेपछि खुलाउन सरकारले मुख्यसचिवको संयोजकत्वमा कमिटी गठन गरेको थियो। उक्त कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गर्‍यो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको थियो।