logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न महानगरको आग्रह


अंकुरण खबर
1.495K
Shares

काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर मैला महानगरले ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह हो ।

आज एक सूचना जारी गर्दै कार्यालय परिसरलाई नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले त्यस स्थान मात्र नभई सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको उल्लेख गरेको छ ।