कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनलाई पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।