नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार ९९ हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रूपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ ।
मंगलबार १ हजार ३५० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।