सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिए।
उनले मंगलबार दिउँसो आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरको हत्या गरेको आरोप छ।
उनले श्रीमतीको हत्यापछि टाउको काटेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ। बजारसम्म पुगिसक्दा स्थानीयले देखेर सोधिखोजी गरेपछि प्रहरीलाई बोलाइएको थियो।