logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालतर्फ मोडिएको महाकाली आफ्नै धारमा फर्काइने


अंकुरण खबर
1.183K
Shares

दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काइने भएको छ। विवादित क्षेत्रमा तत्काल काम पनि शुरु नगर्ने सहमति बनेको छ।

भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच भएको छलफलमा १० दिनभित्र नदीलाई बीचमा पार्ने सहमति भएको हो। आज भारतको धार्चुलामा भएको छलफलमा नेपालीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले थाहा खबरलाई जानकारी दिए।

नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको प्रजिअ उपाध्यायले बताए।
आइतवार दार्चुलाको खलंगाका स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिँदा भारतीय नागरिकले ढुंगामुढा गर्दा बालकसहित चार नेपाली घाइते भएका थिए।