logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

शिक्षामा लगानीअनुसारको प्रतिफल आएन : प्रधानमन्त्री देउवा


अंकुरण खबर
2.223K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले शिक्षाको हक मौलिक हकको रुपमा व्यवस्था गरेको बताए ।

उनले भने, ‘संविधानले नै कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर प्रत्याभूत गरेको छ । समाजका सबै वर्ग र समुदायले सर्वसुलभ रुपमा आधारभूतदेखि उच्च शिक्षासम्म प्राप्त गरी आफ्नो सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो ।’

सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेको प्रधानमन्त्री देउवाले बताए ।