logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अबदेखि काठमाडौंवासीले खानेपानीको अभाव झेल्नु पर्दैन : मन्त्री चौधरी


अंकुरण खबर
2.145K
Shares

नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई बाह्रै महिना पानी खुवाउन सक्षम रहेकोले अब खानेपानीको समस्या झेल्नु नपर्ने बताएका छन्।

शुक्रबार काभ्रेको धुलिखेलस्थित उज्यालो नेपाल संस्थाको सातौं वार्षिक साधारणसभा तथा अन्तरक्रियामा मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘अस्थायी रूपमा भए पानी अब काठमाडौंबासीलाई बाह्रै महिना मेलम्चीको पानी खुवाइनेछ। आजैबाट काठमाडौंमा खानेपानीको वितरण सुरु भएको छ।’

मन्त्री चौधरीले समयमै काठमाडौबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएको दाबी गरे। चुनावले गर्दा केही ढिलाइ भए पनि काठमाडौंका घरघरमा आफ्नै कार्यकालमा पानी खुवाउने योजना पूरा भएको समेत बताए।