logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो


अंकुरण खबर
1.937K
Shares

हाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सफाइ दिनेगरी पत्र दिने संसद्का महासचिव डा. भरतराज गौतमको निणयविरुद्धको रिटमातिथको बहस सकिएको छ ।

गत बुधबार संघीय संसद् सचिवालयका महासचिव डा.गौतमले महाभियोग निस्प्रभावी भएको भन्दै चोलेन्द्रसहित सरोकारवाला निकायलाई पत्र पठाएका थिए ।

त्यससँगै चोलेन्द्रले पत्र सार्वजनिक गर्र्दै सर्वोच्च फर्किन लागेको जानकारी गराएका थिए ।

डा. गौतमको उक्त निर्णयले सिंगो न्यायपालिकासँगै राजनीति तरंगित भएको थियो ।