आज बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले समानुपातिकतर्फबाट सांसद बन्नेहरूको सूचीलाई अन्तिम रूप दिन सकेन ।
समानुपातिकतर्फको सूचीलाई भोलि बस्ने पदाधिकारी बैठकले फाइनल गर्ने सचिव देवेन्द्र पौडेलले बताए । आज बसेको पदाधिकारी बैठकमा समानुपातिक सूचीका विषयमा छलफल भएको उनले जानकारी दिए ।
समानुपातिक सूचीका विषयमा भोलि टुंगो लगाइने पौडेलले जानकारी दिए । ‘समानुपातिक सूचीका विषयमा छलफल भयो । भोली बिहान बस्ने बैठकले सबै नामका विषयमा टुङ्गो लगाउनेछ,’ उनले भने ।
माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ । बैठक भोलि बिहान ८ बजे बस्ने छ ।