logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको आजको समानुपातिक सदस्यको नामावली टुंगो लगाउने


अंकुरण खबर
1.326K
Shares

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शनिबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रवार स्थगित भएको बैठक आज बस्न लागेको हो।

बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यको नामावली टुंगो लगाउनेछ। यस्तै प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने वा सरकारमा सामेल हुने भन्ने विषयमा समेत छलफल हुने रिजालले जानकारी दिए।