मोरङको लेटाङ नगरपालिका –९ तेली खोलाको निर्माणाधीन पुलमा मिक्सचर मेसिनको ठक्करबाट एक ओभरसियरको मृत्यु भएको छ । को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले ठक्कर दिंदा सूर्य एण्ड सन्स कन्ट्रक्सन कम्पनिमा कार्यरत ओभरसियर लहान नगरपालिका –१४ सिरहाका २४ वर्षे सुनिल साहको मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।