logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलमा हालेर सामुदायिक वनको काठ तस्करी


अंकुरण खबर
2.21K
Shares

प्रहरीले चितवनमा मोटरसाइकलसहित तस्करी गर्न लागिएको काठ समातेको छ । भरतपुर महानगरपालिका– ११, भोजाङबाट ना.१६ प २०५७, ना.६ प २६४२ र ग.४ प ५९४३ नम्बरको मोटरसाइकलसहित काठ नियन्त्रणमा लिइएको बताइएको छ ।

खगेरी पुल नजिकै नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लुकाईछिपाई मोटरसाइकलमा हालेर लैजाँदै गरेको काठ बरामद भएको हो । प्रहरी चौकी भोजाङबाट खटिएको गस्ती टोलीलाई देखेपछि तस्करहरु मोटरसाइकलसहित काठ छाडेर भागेका हुन्

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।