logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु


अंकुरण खबर
806
Shares

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् । दुर्घटनामा को १७ प ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए ।