logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भावनाविपरीत कार्य गरेपछि अर्जेन्टिनालाई कारबाही हुने


अंकुरण खबर
2.236K
Shares

कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध भावनाविपरीत कार्य देखाएको भन्दै फिफाले अर्जेन्टिनाविरुद्ध अनुशासन कारबाही अघि बढाएको छ ।

यो खेलमा अर्जेन्टिनी खेलाडीहरूले फिफाको अनुशासन नियममा रहेको ‘आदेश र सुरक्षा’को उल्लंघन गरेको जनाउँदै फिफाले अर्जेन्टिना फुटबल संघलाई कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

खेलमा २–१ को अग्रता लिएको अवस्थामा इन्जुरी समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्काएपछि तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाका बेन्चका खेलाडी र प्रशिक्षण टिम मैदानमै उत्रिएका थिए ।