नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोपालो सरकार बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै भएको उल्लेख गरे ।
माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने सबैको साझा दायित्व भएको जनाए ।
प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गरे ।