logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा आज यसवर्षकै बढी चिसो, न्यूनतम तापक्रम ५.४ डिग्री


अंकुरण खबर
1.339K
Shares

आज काठमाडौंकोको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । आज यहाँको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो । आज हिमाली जिल्लाका केही भूभागमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, तराईका जिल्लामा बिहानको समयमा हुस्सुरकुहिरो लागेको छ ।

दिउँसोको समयमा भने मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।