नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले तत्काल अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै उनले अध्यादेशबारे पार्टीभित्र कुनै पनि प्रकारको छलफल नभएको प्रष्ट पारेका छन् ।
सरकारले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउनका लागि अध्यादेश जारी गरेको हो । उक्त पार्टीका रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्नहरूलाई जेलमुक्त गर्न सरकारले अध्यादेश ल्याएको हो ।
महामन्त्री थापाले विज्ञप्तिमा भनेका छन्, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्मविपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’