logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ तीन दिनसम्मको मौसम अनुमान


अंकुरण खबर
1.508K
Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला (मंगलबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

तीन दिनसम्मको मौसम अनुमान

महाशाखाले सदाझैँ आज पनि तीन दिनसम्मको मौसम अनुमान गरेको छ।

जसअनुसार आज मंगलबार दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। बिहीबार राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

चिसोबाट होसियार रहन महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ स् तराईका केही भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यसैबीच आज बिहान ५: ४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकको तापक्रम ५।७ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार अहिले ८स्४५ बजे यो तापक्रम पुनः अपडेट गरिनेछ। त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रमको विवरण पनि सार्वजनिक गर्नेछ।