logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै


अंकुरण खबर
2.028K
Shares

कतारमा जारी विश्वकपको सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । खेल बुधबार राति पौने १ बजेदेखि सुरु हुनेछ ।

कतारको लुसाइल रंगशालामा हुने खेल रोचक बन्ने अनुमान गरिएको छ । क्रोएसिया अघिल्लो संस्करणको विश्वकपको उपविजेता हो भने अर्जेन्टिना पनि विश्वकपको उपाधिको बलियो दाबेदार हो ।

विश्वकपमा अर्जेन्टिना र क्रोएसियाबीच भेट हुन लागेको यो तेस्रो पटक हो ।

क्रोएसिया ब्राजिल र अर्जेन्टिना नेदरल्याड्सलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।