logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र चीनका सेनाबीच झडप


अंकुरण खबर
1.846K
Shares

भारत र चीनका सेनाबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको तावाङ क्षेत्रमा गत हप्ता झडप भएको खुलेको हो ।

दुवै देशका सेनाले लाठीको प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवैतर्फका सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले सैनिक स्रोत उल्लेख गर्दै भनेको छ ।

भारत र चीनबीच लदाखको गलवान क्षेत्रमा सन् २०२० मा झडप भएको थियो । त्यतिबेला ठूलो संख्यामा सैनिक मारिएका थिए । त्यसयता पहिलोपटक झडप भएको हो ।