प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक सांसदलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेर प्रमाण पत्र दिने तयारी गरेको छ।
समावेशी सिद्धान्तअनुसार दलहरूले पठाएका उम्मेदवारलाई आयोगले सम्भवत आज निर्वाचित भएको घोषणा गर्नेछ। प्रतिनिधि सभातर्फ समानुपतिकमा ११० र प्रदेश सभातर्फ २२० सांसद निर्वाचित हुँदैछन्। प्रतिनिधि सभा प्रत्यक्षतर्फ १६५ र प्रदेश सभा प्रत्यक्षतर्फ ३३० क्षेत्रको नतिजा पहिले नै आइसकेको छ।
दलहरूले सोमबार त्रुटि सच्याएर समावेशी सिद्धान्तअनुसार मिल्ने गरी नामसमेत पठाइसकेका छन्।
आयोगले भोलि बुधबारभित्र राष्ट्रपतिलाई अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउने तयारी गरेको छ। राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेको केही दिनपछि बल्ल नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ।