logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोट जीप दुर्घटनामा परेका १२ जनाकै मृत्यु


अंकुरण खबर
1.001K
Shares

जाजरकोटमा सोमबार भएको जीप दुघर्टनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ।
जाजरकोट छेडागाड-५ का जैवान अधिकारीको मंगलबार बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

योसँगै दुघर्टनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। जीपमा १२ जना सवार थिए। घटनास्थलमा नौ जना र उपचारका लागि सुर्खेत लैजाने क्रममा दुई जना र उपचारकोा क्रममा अस्पतालमा एक जनाको मृत्यु भएको हो।
क्षमताभन्दा बढी यात्रु र तीव्रगतिमा रहेको जीप चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ। पाँच जनाको क्षमता रहेको गाडीमा १२ जना चढेका कारण पनि जीप अनिन्त्रित भएको हुन सक्ने स्थानीयले बताए।