logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्साबाट ३ सय ६३ केजी गाँजासहित ट्रक नियन्त्रणमा,चालक फरार


अंकुरण खबर
1.352K
Shares

पर्साको ठोरी गाउँपालिका- ३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करीब ३ सय ६३ केजी गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकका चालक प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए ।  बरामद गाँजा तथा ट्रक  ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले जनाएको छ।