साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा झिनो अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सेचञ्ज २.५७ अंकले ओरालो लागेको छ । योसँगै नेप्से परिसूचक १८९९.७० को विन्दुमा झरेको छ।
आज नेप्से उपसमूमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटा उपसमुह घटेको छ ।
नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७ करोड ७० लाख रुपैयााँ माथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत घटेर करोडमा सीमित हुन पुगेको छ ।
आज पनि नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ७ करोड १७ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।