मोटरसाइकलको ट्यांकीभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाबाट एक भारतीय युवकलाई पक्राउ गरेको छ । प्रहरीले मंगलवार भारत घर बताउने २३ वर्षीय उमेश कुमारलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।