निर्वाचन आयोगले बुधवार समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा गर्दैछ। आयोगले परिणाम घोषणाका लागि दिउँसो १:३० बजे पत्रकार सम्मेलन गर्न लागेको हो।
प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाई भएको हो। प्रदेशतर्फ समावेशी सिद्धान्तअनुसार सूची नमिलेपछि आयोगले सोमवार एमालेलाई सच्याउन आग्रह गरेको थियो। एमालेले मंगलवार नाम सच्चाएर पेश गरेसँगै मतपरिणाम सार्वजनिक गर्न लागिएको निर्वाचन आयोग समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।
११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।