logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरक्कोलाई फ्रान्सको चुनौती


अंकुरण खबर
1.3K
Shares

अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्ने टिम बनेको मोरक्कोले यो ऐतिहासिक भिडन्त उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँग खेल्दै छ। जुन टिममा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको युगपछिका नयाँ सुपर स्टार किलियन एमबापे हुनुहुन्छ।

कतार विश्वकपको पहिलो सेमिफाइनल खेल सांस्वृmतिक र राजनीतिक कारणले पनि महत्वपूर्ण हुनेछ  सन् १९१२ देखि १९५६ सम्म मोरक्को फ्रान्सकै अधीनमा थियो। त्यसैले पनि मोरक्कोले यस खेललाई अझ महìवका रुपमा लिएको हुनुपर्छ।

यस पटक मोरक्कोलाई विश्वकपमा उदाएको अप्रत्यासित टिम भन्न सकिन्छ। भविष्यमा यो विश्वकपलाई स्तब्धकारी नतिजाका लागि पनि सम्झना गरिनेछ। यसमा सबभन्दा बढी योगदान मोरक्को नै छ। समूह चरणमा विश्व वरीयतामा दास्रो स्थानमा रहेको बेल्जियमलाई हराएर अगाडि बढेको मोरक्कोले नकआउट चरणमा पनि एकसे एक टिमलाई पन्छाउँदै आएको छ। प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिले अफ्रिकी देश बनेको थियो। त्यसको तीन दिनपछि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई बिदा गरेर मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो। यसअघि अफ्रिकी राष्ट्रहरू सेनेगल, क्यामरुन र घाना क्वाटरफाइनलसम्मको यात्रा गरे पनि अगाडि बढ्न असफल भएका थिए।