०७८ साउन ३१ मा सेयर मापक सूचक ३१५४.०३ बिन्दुमा पुगेको थियो। मंगलबार १८९०.७० मा झर्यो। उक्त वर्ष भदौ २ गते नेप्सेकै इतिहासमा हालसम्मकै उच्चतम बिन्दु ३१९८.६० अंकमा पुगेको थियो। सोमबार १ अर्ब ३६ करोडको कारोबार भएकोमा मंगलबार भारी गिरावट आएको छ। त्यसदिन नेप्से सूचक १९०२.२७ अंक थियो। ब्याजदर नघट्ने भएपछि अघिल्लो दिनको तुलनामा मंगलबार ५९ करोडले कारोबार घटेको छ।
अघिल्लो पटक माथिल्लो बिन्दु २०७३ साउन ३२ मा १८८८ पुग्दा अघिल्लो बजारको तल्लो बिन्दु २०७६ फागुनमा ११०० मा झरेको थियो। सीए ऋषि पोखरेल बेयरिस मार्केट सकिएर कन्सोलियट मार्केटमा पुगेको बताउँछन्। भन्छन्, ‘अहिलेको बजार बियरिस पनि होइन। बुलिस पनि होइन।’
तीन महिनादेखि सेयर बजार सूचक १८०० देखि २ हजारको अंकमा घुमिरहेको छ। बढ्न पनि नसकेको, घट्न पनि नसकेको अहिलेको अवस्था अझै दुई महिना लम्बिन सक्ने लगानीकर्तासमेत रहेका पोखरेल दाबी गर्छन्। अर्थतन्त्र पनि माथि गइहाल्ने अवस्था नभएकाले सेयर बजार पनि माथि जाने संकेत नदेखिने उनले बताए। नयाँ सरकार आएपछि केही न केही सम्बोधन आउला भनेर लगानीकर्ता चुुप लागेर बसेका छन्।