सिराहाको मिर्चैयामा प्रहरीले घाँस काट्न गएकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार अपरान्ह सिराहाको कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनियादेवी कापरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र वडा नं. २ मल्हनिया टोलका २० वर्षीय राजकुमार महतो कोईरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीले जानकारी दिए । पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा बुधबार सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।